आमसभालाई लक्षित गरी राखिएको सकेट बम सेनाद्वारा निष्क्रिय

७ मंसिर ०७४, काठमाडौं । दोलखामा नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बिहीबार सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडा कार्यालयको गेटमा राखिएको सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

विदुरको जिल्ला निर्वाचन कार्यालय परिसरमा सकेट बम फेला, सेनाद्वारा निष्क्रिय

विदुर नगरपालिका–४ स्थित विदुरमा रहेको जिल्ला निर्वाचन कार्यालय परिसरमा सरकारी मोटरसाइकल मुनि सकेट बम फेला परेको छ ।

कार्यालय सुरक्षामा खटिएका सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बिहिबार नौ बजेतिर सरकारी मोटरसाइकल मुनि बम देखिपछि उक्त बमलाई श्रीनाथ गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित तरिकाले परिसरबाट झिकेका थिए । झिकेको केही बेरपछि श्रीनाथगण बम डिस्पोजल टोलीले नजिकैको खुल्ला खेतमा लगेर विष्फोट गराएका थिए ।

बम फेला परेपछि सदरमुकामको यातायात दुई घन्टा अवरुद्ध हुन पुगेको थियो । बम राखिएको स्थान सरकारी कार्यालयहरु रहेको २ सय मिटर दुरीमा सुरक्षा निकाय प्रहरी, प्रशासन कार्यालयहरुको साथै मुख्य बजारमा उक्त बम राखिएको हो ।

जिल्ला सदरमुकाममा बम फेला परेपछि मतपेटीका लिएर गाउँ–गाउँ जान खटिएका मतदान अधिकृतसहितका कर्मचारीहरु त्रसित भएका छन् । प्रहरीले बम राख्ने व्यक्तिको खोजी भैरहेको जनाएको छ ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत