नेपाल–भारत सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने

७ मंसिर ०७४, काठमाडौं । मंसिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनका लागि नेपाल–भारत सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ ।

पहिलो चरणमा हुने चुनावमा प्रदेश नम्बर ७ का भारतसँग सीमा जोडिएका बैतडीका झुलाघाट र दार्चुलासँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

दुई देशका सुरक्षा अधिकारीबिच चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति  भएको  प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । अधिकारीले सीमा नाकामा बिरामी बाहेक सवारी साधन र पैदल यात्रु आवतजावतमा समेत पूर्ण रोक लगाइने  बताए ।

सीमा नाका आज राति १० बजेदेखि मंसिर १०  गते राति १२ बजेसम्मका लागि  बन्द हुनेछ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत