लगनखेलमा बम विस्फोट

१२ मंसिर ०७४, काठमाडौं । ललितपुरको लगनखेलमा वाम गठबन्धनले आयोजना गरेको बृहत् चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ ।

मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक नजिक बम विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति नभएपनि  विद्यालयको ७ वटा झ्यालको सिसा फुटेका छन् ।

लखनखेल बसपार्क नजिक वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभामा  नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका थिए भने सभा केहीबेर रोकेर सञ्चालन गरिएको थियो । बम पड्किएपछि आक्रोशित हुँदै एमाले अध्यक्ष ओलीले यस्ता सानातिना घटनाले निर्वाचन नरोकिने बताए ।

विस्फोट लगत्तै घटनास्थल पुगेको नेपाली सेनाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।  घटनाको कसैले जिम्मा लिएको छैन ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत