प्रतिनिधि र प्रदेश सभा निर्वाचन जनमत सङ्ग्रह भएको प्रधानमन्त्रीको भनाई

१४ मंसिर ०७४, कास्की ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई जनमत सङ्ग्रह भएको बताएका छन् ।

बुधबार कास्कीको पोखरास्थित अमरसिंह चोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाले यो  निर्वाचन कम्युनिष्ट शासित दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत सङ्ग्रह भएको बताएका हुन् ।

‘कस्तो शासन व्यवस्था रोज्ने भन्ने अधिकार जनतासँगै हुन्छ,’  प्रधानमन्त्री देउवाले भने, ‘वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन खोजेको छ, हामीले जनतासँग नेता डराउने शासनव्यवस्था ल्याउन खोजेका छौँ । यो  निर्वाचन कम्युनिष्ट शासित दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमतसङ्ग्रह पनि हो ।’

नेपाली काँग्रेसले जनतादेखि नेता डराउने शासनव्यवस्था ल्याउन खोजेको बताउँदै प्रधानमन्त्री देउवाले संविधानले आदिवासी, जनजाति, मधेसी सबैलाई ठाउँ दिएको बताए ।

भर्खर जारी भएको संविधान कार्यान्वयन हुनै नपाई कम्युनिष्टहरू यसलाई खारेज गरेर तानाशाही लाद्न खोजेको भन्दै देउवाले आगामी दिनमा वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण अधिकारसमेत अपहरण हुने पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्ट शासनमा बोल्ने अधिकार हुँदैन ।’

  •  
    8
    Shares
  • 8
  •  
  •  
  •  

तपाइको मत