मौन अवधि आज राति १२ बजेबाट शुरु हुने

१८ मंसिर ०७४, काठमाडौं । निर्वाचन आयोगले मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट शुरु हुने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट शुरु हुँदैछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन ।

एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगलाई मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत