राष्ट्रपति भण्डारी र जापानी उपमन्त्री होरीबीच शिष्टाचार भेट

२० मंसिर ०७४, काठमाडौँ । जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ ।

बुधबार अपराह्न राष्ट्रपति भवनमा नेपालको त्रि-दिवसीय भ्रमणमा रहेका होरी नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति भण्डारीसँग  शिष्टाचार भेट गरेको हो ।

राष्ट्रपतिको कार्यालयले दुईपक्षीय भेटवार्तामा नेपाल-जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत