अशोक राई आफ्नै कार्यकर्तासँग दोब्बर मतान्तरले पराजित !

२४ मंसिर ०७४, धरान । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा दोब्बर मतान्तरमा पराजित भएका छन् ।

कांग्रेससँग गठबन्धन गरेर जित्न सकिने निर्वाचन क्षेत्र रोजेर धरान पुगेका अशोक राई कुनै बेलाका आफ्नै कार्यकर्ता जयकुमार राईसँग दोब्बर मतान्तरले पराजित भएका हुन् ।

एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी भएका छन् भने अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका छन् ।

एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए ।

उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले चुनाव जित्ने सम्भावना टरेको छ ।

यसैगरी कांग्रेसकै समर्थनमा भोजपुर ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरमका उपमहासचिव अजम्बर काङवाङ पनि एमालेका राजेन्द्र राईसँग पराजित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत