एनआरएनएको प्रमुख सल्लाहकारमा डा. महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ ।

संघका प्रवक्ता भूषण घिमिरेका अनुसार शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अन्यसंरक्षकहरुमा निवर्तमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष देवमान हिराचन र पूर्व उपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ ।

सामान्यतयाः निवर्तमान अध्यक्षलाई प्रमुख संरक्षक मनोनयन गर्ने परम्परा रहेपनि नवनिर्वाचित अध्यक्ष भवन भट्टले आफूलाई निर्वाचित गराउन मुख्य भूमिकाखेलेका पूर्व अध्यक्ष महतोलाई सो पदमा ल्याएका छन् ।

बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै मानार्थ परिषद् समिति नामको नयाँ समिति समेत गठन गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत