पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्ने एमाले-माअाेवादीको निष्कर्ष

२९ मंसिर ०७४, काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा अाेलीले पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

शुक्रबार दिउँसाे काठमाडौंमा दुई पार्टीका अध्यक्ष बीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई बलियाे बनाएर लैजाने समझदारी भएकाे हो ।

यसैगरी अध्यक्ष प्रचण्ड र अाेलीबीच नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाकाे गठन साथै समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएकाे थियाे ।

दुई अध्यक्ष बीचको छलफलले प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाे र बाम गठबन्धन परिणाममूखी नतिजा निकाल्न सफल भएकाे निष्कर्ष निकाल्दै अावश्यक गृहकार्य गरेर अघि बढ्ने समझदारी भएकाे छ ।

  •  
    16
    Shares
  • 16
  •  
  •  
  •  

तपाइको मत