नयाँ जनादेश विपरीत निर्णय र नियुक्ति नगर्न प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

१ पुस ०७४, काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनले दिएकाे नयाँ जनादेश विपरीत महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार बिहान बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री देउवालाई निर्वाचनले दिएकाे नयाँ जनादेश विपरीत कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न सुझाव दिएका हुन् ।

अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न अाग्रह गर्दै गभर्नर लगायतका कुनै पनि नियुक्ति सहमति बिना नगर्न प्रधानमन्त्रीलाई सचेत गराए ।

प्रधानमन्त्री देउवाले प्रचण्डसँगकाे भेटमा राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता गर्न नमिल्ने बताउँदै  एमालेलाई सम्झाई अध्यादेश तत्काल पारित गर्ने वातावरण बनाउन ग्रह गरे ।

सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर विवादमा तान्न नहुने बताए ।

देउवा नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणाली उल्लेख भएको र त्यस्तो निर्वाचन प्रणाली असंवैधानिक भएको एमाले अध्यक्ष केपी ओलीले बताउँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत