सुपर ग्यास उद्योगमा भएको आगलागी घटनाको छानविन शुरु

६ पुस ०७४, वीरगञ्ज । एलपी ग्यास उद्योग संघले गठन गरेको छानविन समितिको टोलीले भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागी घटनाको छानविन शुरु गरेको छ ।

बिहीबार छानविन समितिका सदस्यहरु, संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जनको टोली सुपर ग्यास उद्योगमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरुलाई छानविनका लागि ५ दिनको समय छ ।

ग्यास उद्योगमा बुधबार आलागी हुँदा वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रमा कार्यरत दुईजना कर्मचारी मधुसुदन मिश्रा र यादव अधिकारीको निधन भएको थियो । साथै, बारुणयन्त्रका चालक अरुण महतो, सन्जिव नेपाल र अम्बिका पटेल घाइते छन् ।

घाइते महतो र नेपालको काठमाडौंमा उपचार भइरहेको छ भने पटेलको वीरगञ्ज हेल्थ केयर हास्पिटलमा उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आगलागीमा परी चार बुलेट ग्यास र दुई वटा ग्यास ढुवानी गर्ने ट्रक जलेर नष्ट भएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत