एमालेले समानुपातिकतर्फ दुई पुरुष, ३९ जना महिलालाई समानुपातिक सांसद बनाउँदै !

७ पुस ०७४, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकबाट सांसद बन्नेहरुको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ ।

एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेको एमालेले समानुपातिकबाट दुई जना पुरुष, ३९ जना महिलालाई समानूपातिक सांसद बनाउँदैछ ।

एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानुपातिकबाट सांसद बनाउँदैछ ।

एमालेले  एमालेबाट खस आर्य महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन् ।

जनजाति महिलाबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ । जसमा थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन् ।

सुजिता एमाले नेता शंकर पोखलेर र तुल्सी थापा एमाले नेता वामदेव गौतमकी श्रीमती हुन् । विद्यार्थी नेतृहरु झाँक्री र नबीना पहिलोपटक सांसद बन्न लागेका हुन् ।

यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन् ।

यस्तै एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ । तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक पनि एमालेबाट सांसद बन्ने मौका पाउँदैछन ।

मधेसी महिलाबाट जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव सांसद बन्दैछिन् । जुली एमाले पोलिटब्यूरो सदस्य एवं धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी श्रीमती हुन् ।

मुस्लिम महिलाबाट दुई महिला सांसद बन्ने भएका छन् । एमाले स्रोतका अनुसार कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत