नेपालको नेतृत्वमा ३१ सदस्यीय पुष्पलाल स्मृति प्रतिष्ठान गठन

९ पुस ०७४, काठमाडौँ । एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा ३१ सदस्यीय पुष्पलाल स्मृति प्रतिष्ठान गठन भएको छ ।

आइतबार सम्पन्न पाँचौ साधारणसभाले प्रतिष्ठानको अध्यक्षमा एमाले नेता नेपाल पुनः चयन भएका हुन् ।

आगामी तीन वर्षका लागि चयन भएको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्ष बेदुराम भुसाल, लोककृष्ण भट्टराई, विजयलालश्रेष्ठ, महासचिव गंगालाल तुलाधर, सचिव विष्णु रिजाल, कोषाध्यक्ष मोहनबहादुर केसी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, भानुभक्त ढकाल, रघुजी पन्त, रत्न महर्जन, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई, सुरेश कार्की र हिरण्यालाल श्रेष्ठ चयन भएका छन् ।

प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष माधव कुमार नेपालले जनताले निर्वाचनमार्फत एउटा कम्युनिस्ट पार्टी बनाउन जनादेश दिएको उल्लेख गर्दै यसलाई सार्थक निष्कर्षमा पुर्‍याउने बताए ।

साधारणसभाको उद्घाटन प्रतिष्ठानका संरक्षक तथा एमाले नेता झलनाथ खनालले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत