जनादेश विपरीत जाने छुट कसैलाई छैन् – मदन आले

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक कमिटी सदस्य तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालन कमिटी तनहुँका संयोजक मदन आलेसँग सोम बहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश…

मदन आले/केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र

हाकाहाकी संवादमा स्वागत छ !
धन्यवाद !

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मत परिणामलाई कसरी लिनुभएको छ ?
नेपालको इतिहास र अहिलेसम्मको शासन व्यवस्था हेर्दा नेपाली जनता पटक–पटक सरकार बन्ने र भत्किने अस्थिर राजनीतिक परम्पराबाट गुज्रिएका थिए ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनसम्म आइपुग्दा नेपाली जनताले स्थायित्व, स्थिरता, समृद्धि र विकास चाहेको देखियो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा जनचाहनाअनुरुप अस्थिरताको अन्त्य गर्न वाम गठबन्धन (नेकपा एमाले र नेकपा माओवादी केन्द्र)ले चुनावी तालमेल र पार्टी एकता संयोजन समिति गठन गरी विशेष एवम् ऐतिहासिक पहलकदमी लियो ।

वाम गठबन्धनलाई विश्वास गरेर नेपाली जनताले निर्वाचनमार्फत् आफ्नो मत जाहेर गरे साथै सो गठबन्धनलाई अनुमोदन पनि गरे ।

सारतः निर्वाचन परिणामलाई यही भावमा बुझ्नु पर्दछ ।

पार्टी एकताबारे निर्वाचन अघि चर्चा भएजस्तो निर्वाचनपछि गति लिएको देखिएन नि !
भू–राजनीतिक हिसाबले पनि नेपाल संवेदनशील छ । साथै, विगतदेखिको अस्थिर राजनीतिक संस्कार, आन्तरिक र बाह्य चलखेल साथै केही स्वार्थ समूहको विविध स्वार्थहरुका कारण पार्टी एकता जुन रुपमा अघि बढ्नु पथ्र्यो, त्यसो हुन नसकेको होकी भन्ने मेरो बुझाई छ ।

यसैगरी वाम गठबन्धन (एमाले–माओवादी) बीच पार्टी एकता भएको खण्डमा नेपालमा स्थिर सरकार बन्छ । स्थिर सरकार हुँदा विकास र समृद्धिले छलाङ मार्ने देखेपछि विकास र समृद्धि विरोधीहरु साथै देश र जनताको नाममा अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा मार्न चाहनेहरुका कारण पनि एकतामा गत्यावरोध आएको हुनसक्छ ।

त्यस्तै वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जुन मत परिणाम निकाल्यो, त्यसबाट अत्तालिएका वाम गठबन्धन विरोधीहरु एकता हुन नदिने र गठबन्धन भत्काउने प्रक्रियामा लागिपरेका छन् । साथै, गठबन्धनविरुद्ध विभिन्न कोणबाट प्रहार हुने काम भइरहेको छ । त्यसकारण छिटो भन्दा छिटो पार्टी एकता प्रक्रिया टुङ्ग्याउनु पर्छ ।

चुनावी तालमेलसँगै निर्वाचनको मत परिणामले पार्टी एकतालाई अनुमोदन गरेको छ । त्यसैले कहीँ कतै अल्मलिएको भए पनि अब एकतालाई निष्कर्षमा पु¥याउनै पर्दछ । वाम गठबन्धन र पार्टी एकतालाई तुहाउने षड्यन्त्र बनाउनेहरुलाई सफल हुन दिनु हुँदैन् ।

एमाले र माओवादी केन्द्रका केही नेताहरुले एकताको मर्म विपरीत अभिव्यक्ति दिएका छन् नि ?
चाहे माओवादी नेता होस्, चाहे एमाले नेता, जुनसुकै पार्टीका नेता भए पनि वाम गठबन्धन र पार्टी एकताको मर्म र भावना विपरीत अभिव्यक्ति दिनु राम्रो हुँदै होइन् ।

मुलतः एमालेका केही नेताहरुले सार्वजनिक सञ्चार माध्यममा दिएका अभिव्यक्तिले पार्टी एकतालाई बल पु¥याउँदैन । तथापि, यस्ता प्रवृत्तिलाई अन्त्य गरिनु पर्दछ । साथै, जनादेश विपरीत जाने छुट कोही कसैलाई छैन् ।

एमाले र माओवादी वृत्तबाट आफ्नो स्वार्थपूर्तिका लागि भएका, गरिएका अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गरिनु पर्छ ।

त्यस्तै एकता विरोधी आन्तरिक र बाह्य हस्तक्षेपको भण्डाफोर गर्दै जायज मागका लागि हुने सबैखाले विरोधको सम्मान गर्दै एकतालाई निष्कर्षमा पु¥याउनै पर्छ ।

तनहुँलाई नेपाली काँग्रेसको गढ भनिन्थ्यो, त्यो भत्काउन कसरी सम्भव भयो ?
हो, वास्तवमा तनहुँमा सधैंभरि काँग्रेसले जित्दै आएको थियो । यस जिल्लाबाट जनताले काँग्रेस नेताहरुलाई पटक–पटक आफ्नो प्रतिनिधि बनाएर पठाए । तर, उसले कहिल्यै जनचाहनाअनुरुप प्रतिनिधिको रुपमा काम गरेन् । काँग्रेस नेताले पटक–पटक जनतालाई विकास र समृद्धिका नारा दिए पनि ०४७/४८को वरिपरिदेखि अहिलेसम्म पनि जनताले आफू भोट बैंकको रुपमा प्रयोग भएको बुझे ।

एमाले–माओवादी केन्द्रको चुनावी तालमेलसँगै वाम गठबन्धन बनिसकेपछि पटक–पटक काँग्रेसलाई मतदान गरेका जनताहरु पनि गठबन्धनप्रति निकै उत्साहित भए । उनीहरुले वास्तविक परिवर्तनको संवाहक भनेको कम्युनिष्ट हो भन्ने कुरा पहिल्याए । र, वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरे । जसका कारण तनहुँको प्रतिनिधिसभाका दुई उम्मेदवार र प्रदेश सभाका ४ जना उम्मेदवार नै विजयी बने । तनहुँमा नयाँ रेकर्ड कायम ग¥यौं । यो रेकर्ड जनता सचेत भएको प्रमाण पनि हो ।

जनताले यसअघि यस्ता अवसर पटक–पटक काँग्रेसलाई दिएकामा यसपटक वामगठबन्धनलाई प्रदान गरेको अवस्था छ ।

यसपटक जनताले हामीलाई चुनौतिसहित जो अवसर प्रदान गरेको छ, यस अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्नुपर्छ । जनताले अभिव्यक्त गरेको जनमतको उच्च कदर गरेर अघि बढ्नुपर्छ ।

हाम्रा संयुक्त घोषणा पत्र र चुनावी अभियानमा जनताको घरदैलोमा पुगेर गरिएका प्रतिबद्धताहरुलाई इमान्दारिताका साथ व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ । जुन संयुक्त घोषणा पत्र र जनताको मागप्रतिको प्रतिबद्धता नै तनहुँमा काँग्रेसको गढ भत्काउने हतियार बन्न पुग्यो ।

तनहुँ प्रदेश सभा २ (क) मा आएको मत परिणामलाई कसरी लिनुभएको छ नि ?
यस क्षेत्रमा स्थानीय तह निर्वाचनको मत हेर्दा वामपन्थीहरुको जनमत नेपाली काँग्रेसको भन्दा ६ हजार हाराहारीमा बढी थियो (वडा अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा) ।

तर, तनहुँ प्रदेश सभा २ (क) मा वाम गठबन्धन र नेपाली काँग्रेसबीच अन्त्यसम्म अत्यन्तै प्रतिस्पर्धाको स्थिति रह्यो । वाम गठबन्धनकी उम्मेदवार एवम् वर्तमान सरकारको मन्त्री समेत रहेकी आशा कोइराला खनालले ५ मतान्तरले काँग्रेसका उम्मेदवार प्रदिप पौडेललाई पराजित गरी विजयी भइन् ।

विजयी भएपछि हामी एक हिसाबले खुशी छौं । तर, जुन दायरामा फरक मतले विजयी हुनुपथ्र्यो त्यसो हुन नसकेको कुराले कहाँ कमजोरी रह्यो भनेर समीक्षा गर्नुपर्ने पनि देखिन्छ ।

वाम गठबन्धनबाट अन्तरघात भयो भन्ने यहाँको संकेत हो ?
अन्तरघात नै त नभनौँ । कहीँ प्राविधिक कुरा मिलेन वा परिचालनमा केही समस्या भएको होकी भन्ने कोणबाट समीक्षा हुनु जरुरी छ ।

तपाईं स्वयम् नै प्रदेश सभा २ (क)बाट उम्मेदबार बन्ने चर्चा थियो, नि !
मैले आफूलाई अन्तिम समयसम्म नै उम्मेदवार दावी भनेको थिएँ । पार्टीले पनि त्यही भनेको थियो । तर, अन्तिममा आएर पार्टीले अर्को निर्णय लिएसँगै पछाडि हट्नु प¥यो ।

पार्टीले महिला नेतृत्व अघि सारेपछि मैले सहज ढंगले लिएँ । त्यसरी नै बुझेँ । साथै, म जनयुद्ध र जनसंघर्षबाट हुर्केको एक कार्यकर्ता भएको नाताले मैले म आवद्ध पार्टी र वाम गठबन्धनलाई जिताउन जुन भूमिका खेल्नुपथ्र्यो निर्वाचन परिचालन कमिटी तनहुँको संयोजक भएर भूमिका निर्वाह गरेँ भन्ने लाग्छ ।

अन्ततः निर्वाचनमा जुन परिणाम आयो, हामी सबैको अथक प्रयत्न र प्रयासबाट आएको हो ।

वाम गठबन्धन र युवा पंक्तिबीच जुझारु नेता तपाई, जनतालाई बताइदिनुस् तनहुँको विकास र समृद्धिको खाका कस्तो छ ?
वाम गठबन्धनबाट विजयी उम्मेदवारहरुले अब सबैभन्दा पहिला देश र जनताप्रति, चुनावी अभियानकाक्रममा जनताको घरदैलोमा पुगेर आफूले गरेको प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्नुपर्छ ।

दोस्रो, एमाले र माओवादी केन्द्र (वाम गठबन्धन)ले चुनावी तालमेलसँगै पार्टी एकता संयोजन समिति गठन गरेर निर्वाचनमा गए । साथै, उनीहरु जनअनुमोदित पनि भए । यसकारण पार्टी एकता प्रक्रिया तत्काल अघि बढाउनु पर्दछ ।

जनमतप्रति इमानदार बन्नुपर्छ । जनमतअनुसार वाम गठबन्धनको अब स्थिर सरकार बन्छ ।

बजारमा धमिलो पानीमा माछा मार्नेहरुको विषय चर्चामा छ, यसलाई चिरेर हामीले संघीय सरकार, प्रदेश सरकार गठन गरी जनताको विकासको चाहना, समृद्धिको चाहना, स्थायित्वको चाहना, प्रगतिको चाहनालाई इमान्दारिताका साथ लागू गर्नुपर्छ । त्यो इच्छा शक्ति गठबन्धनले पैदा गर्न जरुरी छ ।

अन्य योजनागत हिसाबले तनहुँ जिल्ला भौतिक पुर्वाधार, स्रोत–साधानले धनी जिल्ला हो । न्यूनतम् विकासका पूर्वाधार पहिचान गरी सहज हल गरेर अघि बढ्नु पर्छ ।

एकले अर्कोलाई सिध्याउने अस्वस्थ प्रतिस्पर्धा गरी खिचातानीमा प्रवेश ग¥यौँ भने जनताको अभिमत माथि कुठाराघात हुन्छ । यसो हुन नदिन सचेत हुनुपर्छ । साथै, जनताप्रति अत्यन्तै इमानदार हुनुपर्छ ।

इमान्दार भइसकेपछि चुनावका बेला जनतामाझ गएर गरिएका प्रतिबद्धता र वाम गठबन्धनका संयुक्त घोषणा पत्र नै हाम्रा विकास र समृद्धिका खाका हुन् ।

यहाँका विविधता र विभेदबारे तपाईंलाई खड्किएको विषय केही बताइदिनुस् न !
समग्र नेपालमा जुन विविधता र विभेद छ, त्यो तनहुँ जिल्लामा पनि छ ।

यहाँ आदिबासी, जनजाति, दलित, अल्पसंख्यक, महिला साथै उत्पीडित समुदायको समावेशी प्रतिनिधित्व गराउनु पथ्र्यो, त्यसो भएको भए उत्तम हुन्थ्यो । त्यसो हुन सकेन ।

आगामी दिनमा संवेदनशील भई यी र यस्ता विषय उठाउनै पर्छ । भोलिका दिनमा कमी कमजोरीलाई सच्चाउनु पर्छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ सबै जाति समुदाय, क्षेत्र र वर्गको प्रतिनिधित्व गराउन सकिएन भने भोलिका दिनमा दुर्घटना हुनसक्छ ।

स्रोत साधनका हिसाबले तनहुँ जिल्लामा विकास र समृद्धि नहुनु पर्ने कुनै कारण छैन् । सम्भाव्यताको जिल्ला भएकाले यहाँ धेरै छिटो विकास सम्भव छ । तर, इमान्दारिताको खाँचो छ ।

यहाँ ठूला-ठूला नदी छन् । पर्यटकीय सम्भाव्यता रहेको क्षेत्र छ । मात्रै, उचित परिचालन गर्न, व्यवस्थापन गर्न सक्नुपर्छ ।

अन्त्यमा,
नेकपा माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको तहबाट पार्टी एकताबारे जुन पहल र छलफल भइरहेको छ, यसलाई छिटो भन्दा छिटो संस्थागत गर्नुपर्छ ।

नमिलेको वैचारिक, सैद्धान्तिक पक्ष, दार्शनिक पक्ष के के हल गर्न सक्छौँ गरेर जाने र के के विषय रिजर्भेसन हो महाधिवेशनबाट हल गर्ने गरी स्पष्ट गरिनुपर्छ ।

पार्टीको नाम, झण्डा, भावी चुनाव चिन्ह, नेतृत्व कसले गर्ने ? प्रधानमन्त्री को बन्ने ? विषय प्राविधिक विषयवस्तु भएकाले छलफल र बहसमार्फत् हल गरी विधिको विकास गदै निकास दिनुपर्छ । साथै, नेता र कार्यकर्ताको सही व्यवस्थापन भए यी सवाल आफैँ हल हुन्छन् ।

बीच–बीचमा आफू खुशी परिभाषा गर्ने, आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्ने प्रवृत्तिमाथि प्रतिबन्ध लगाउनु पर्छ ।

एकतालाई नै प्रभाव पार्ने, जनभावनालाई अपमान गर्ने गरी भइरहेका अभिव्यक्तिहरुलाई चिर्नुपर्छ र हामी एउटा तहका कार्यकर्ता पनि भएकाले पार्टी र नेतृत्वलाई आवश्यक सबैखाले सहयोग गर्न तयार हुनुपर्दछ ।

वाम गठबन्धनबारे
आम युवा पंक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने, देश र जनताप्रति जवाफदेहीताको बोध गराउने नेतृत्वको खाँचो छ ।

संगठित, असंगठित र राजनीतिकरुपमा सचेत–अचेत अवस्थामा रहेका सबैलाई एकताबद्ध गर्न वाम गठबन्धनले नीति, कार्यक्रमसँगै प्याकेजमै योजनामा ल्याउनु पर्छ ।

  •  
    471
    Shares
  • 471
  •  
  •  
  •  

तपाइको मत