प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचन मिति घोषणा गर्न आयोगको आग्रह

१४ पुस ०७४, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै शुक्रबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री देउवालाई भेटेर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गराउन सफल भएकोमा बधाइ दिँदै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् ।

जवाफमा प्रधानमन्त्रीले आयोगसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताए ।

आयोगले राष्ट्रिय सभाका भोटरका रुपमा रहेका प्रदेश सभा सदस्यहरुले सपथ नलिई भोल्ट हाल्न नपाउने जानकारी गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश सभा सदस्यलेे शपथ ग्रहण नगरी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने जानकारी गराएको प्रवक्ता दिनेश कुमार घिमिरेले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत