काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको छ -डा. कोइराला

१९ पुस ०७४, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका छन् ।

बुधबार  नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. कोइरालाले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र काँग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका हुन् ।

डा. कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने धारणा राख्दै वाम गठबन्धन लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे काँग्रेसले सहयोग गर्ने बताए ।

नेता कोइरालाले  संविधान आफैँमा पूर्ण नहुने उल्लेख गर्दै निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको संविधान बनाउन नहुने बताए ।

नेपालको विदेश नीति दुवै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने नत्र मुलुक अप्ठेरोमा पर्न सक्ने बताउँदै, डा. कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठकपछि केही विधानमा संशोधन गरी महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको  बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत