राष्ट्रिय सभा निर्वाचन माघ २४ गते

२१ पुस ०७४, काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदकाे अाकस्मिक बैठकले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको हाे ।

आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो भने एमाले र माओवादी केन्द्रले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।

५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।

निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् ।

खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीय निर्वाचनबाट चुनिनेछन् भने दलित, अपाङ्ग साथै अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत