स्वास्थ्य परीक्षणको लागि ओली बैंकक जाने

२१ पुस ०७४, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

अध्यक्ष ओलीको स्वास्थ्य उपचारमा संलग्न रहेका प्रा. डा. दिब्यसिंह शाहका अनुसार मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षणको लागि ओली यही पुस २६ गते बैंकक जान लागेका हुन् ।

अध्यक्ष ओली केही दिनअघि झाडापखालाले बिरामी भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत