जाजरकोटमा फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ९ जनाको मृत्यु

२२ पुस ०७४, जाजरकोट ।  एक साता पहिलेदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ ।

मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण जुनीचाँदे गाउँपालिका १, २ र ३ नम्बर वडामा फैलिएको भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा जाजरकोटमा ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका -२, मजकोटका ६५ वर्षीय धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, जुनीचाँदे गाउँपालिका  -३ का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही सहित ५ जना बालबालिका  (एक महिनाको २ जना, ८ दिनका २ जना र  ४ वर्षको १ जना)  छन् ।

रुघाँखोकी  र ज्वरोका कारण जाजरकोट जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए । उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए ।

जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा गाउँपालिका -१, २ र ३ नम्बर वडामा फैलिएको  भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा पुरै गाउँपालिकामा मै फैलिएको ईञ्चार्ज सिंहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट रोग पहिचानका लागि स्रोत व्यक्ति एवं ल्याव टेक्निसियन कृष्ण खत्रीसहित डाक्टरहरुको टिम घटना स्थलमा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत