पौडेल हत्याको विरोधमा अाइतबार पनि रुपन्देही बन्द

२३ पुस ०७४, रुपन्देही । फर्निचर व्यवसायी बसन्त पौडेलकाे हत्याको विरोधमा अाइतबार पनि रुपन्देही बन्द गरिएकाे छ ।

एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण रूपन्देहीकाे जनजीवन प्रभावित बनेको छ ।

सडकमा फाट्टफुट्ट माेटरसाइकल र रिक्साबाहेक सवारीसाधन चलेका छैनन् ।

एमाले रुपन्देहीको वाम गठबन्धनले अाजै मिटिङ बसेर संघर्षका कार्यक्रम बनाउने माअाेवादी केन्द्रका नेता गाेविन्द पंगेनीले जानकारी दिए ।

शनिबार बसेकाे सर्वदलीय बैठकले पाैडेलकाे हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गरिएकाे पंगेनीले बताए ।

शुक्रबार बिहान सवा ११ बजे अज्ञात समूहले प्रहार गरेको गोली लागेर पौडेलेको मृत्यु भएको थियो ।

पौडेलमाथि गोली प्रहार भएको केही समयमा प्रहरीकाे माेस्टवान्टेड सूचीमा रहेका मनाेज पुनले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्यारा पत्ता लगाई घटनाकाे सत्य-तथ्य बाहिर ल्याउन डीएसपी धर्मराज भण्डारीकाे नेतृत्वमा अनुसन्धान टाेली गठन गरेकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत