डा.केसीलाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश, प्रधानन्यायाधीशमाथिको आरोपमा छानबिन हुने

 २६ पुस ०७४, काठमाडौं । सर्वोच्च अदालतले अपहेलना मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय न्यायपरिषदबाट  उमेरबारे भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन भनिएको आदेशमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत