न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाे छ – प्रधानन्यायाधीश

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् ।

रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने ।

विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाे र त्यो सम्भव नहुने उनको भनाइ छ ।

‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको र जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको भन्दै न्यायालय अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुने प्रधानन्यायाधीश पराजुलीले बताएको अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत