सप्तरीमा सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

दिनानाथ यादव


राजविराज । शितलहरले जनजीवन कष्टकर भई सप्तरी जिल्लामा मानवीय क्षति भइरहँदा सैनिक श्रीमती संघले कम्बल वितरण गरेको छ ।

पूर्वी पृतनापति उपरथी इश्वर हमाल र २७ बाहिनीपति अशोक सिग्देलको उपस्थितिमा संघकी सदस्य रोशनी हमाल र निता सिग्देलले महादेवा गाउँपालिका–६ महादेवाका १५० परिवारलाई बिहीबार कम्वल वितरण गरेकी हुन् ।

कार्यक्रममा ३५० जनालाई सेनाकै डा. विनिता महतले निःशुल्क स्वास्थ्य जाँच गरी औषधि समेत वितरण गरिएको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिए।

सप्तरीमा बढ्दो शितलहरले हालसम्म शम्भुनाथ खडग, कञ्चनरुप, डाकनेश्वरी र राजविराज नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोईलाडी, अग्निसाईर कृष्णा सवरण र महादेवा गाउँपालिकामा गरी २० जनाको मृत्यु भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत