औषधी र स्वास्थ्यकर्मीकाे टाेलीसहित जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा पुगे शक्ति बस्नेत

२९ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।

शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितकाे  टाेली जाजरकोटको जुनीचाँदे गाउँपालिका नम्बर १, २ र ३ वडामा  केही समयदेखि फैलिएकाे भाइरल प्रकाेप नियन्त्रणमा नअाइरहेका बेला उक्त टोली औषधि लिएर पुगेका हुन् ।

टाेलीले प्रभावित क्षेत्रमा औषधि वितरण गर्ने र  सदरमुकाममा अन्तर क्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।

भाइरलका कारण अहिलेसम्म १३ जनाकाे ज्यान गइसकेकाे छ भने कैयन संक्रमित छन् । जाजरकाेटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत