कक्षा ११ को नतिजा सार्वजनिक गर्न बोर्डको तयारी

२९ पुस ०७४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत