डा.केसी ५ बुँदे सहमतिपछि अनसन तोड्न सहमत

२९ पुस ०७४, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै १४ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीले ५ दिनपछि अनशन तोडेका छन् ।

शनिबार बिहान साढे दश बजे त्रिवि शिक्षण अस्पताल बाहिर जुत्ता पालिस गर्ने सिरहाका ४८ वर्षीय नथुनियाँ मियाको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । शुक्रबार स्वाथ्यमन्त्री दिपक बोहरा र केसीबीच ५ बुँदे सहमति भएपछि केसी अनसन तोड्न सहमत भएका थिए ।

अनसन तोड्दै केसीले आफ्नो लडाईं न्यायालय भित्र हुने चलखेल र भ्रष्टाचारविरुद्ध भएको बताउँदै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत