उपराष्ट्रपति पुन र भारतीय राजदूत पुरी पुरीबीच भेटवार्ता

२ माघ ०७४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा उपराष्ट्रपति पुनले राजदूत पुरीलाई आउँदै गरेको भारतको ७०औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेताहरु र भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा भएको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।

यसैगरी भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नेपाली जनताको सार्वभौम निर्णय भएकोले भारत त्यसलाई स्वागत र सम्मान गर्ने बताउँदै उनले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको धारणा राखे ।

राजदूत सिंहले भारत र नेपालको सम्बन्ध राजनीतिक भौगोलिक सिमानाको सम्बन्धमात्रै सीमित नरही जनस्तरसम्म जरा गाडेको बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत