डा.केसी न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहटमा

४ माघ ०७४, रौतहट । डा. गोविन्द केसीले  चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट पुगेका छन् ।

बिहीबार शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी स्वास्थ्य टोलीसहित रौतहट पुगेका हुन् ।

डा. केसीले बिहीबार नै गढीमाई नगरपालिकाका लक्ष्मीपुरको मुसहर बस्ती, हरैया, समनपुर र सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर १ सय ५० थान कम्बल वितरण गरे ।  उनले तराई-मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए ।

त्यस्तै, डा. केसी, डा. टोसिवा कार्की, अभिषेकराज सिंह लगायत सम्मिलित टोलीले  समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरी ५० जनाको स्वास्थ्य परीक्षण गरेको छन् ।  शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए ।

अत्यधिक चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिरामी परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत