ओली र दाहालबीच छलफल सुरु

६ माघ ०७४, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

दुई शीर्ष नेताबीच ओली निवास बालकोटमा छलफल भएको हो ।

भेटमा दुई शीर्ष नेताबीच संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समिति बैठकका एजेण्डा, पार्टी एकताका साझा दस्तावेज लगायत विषयमा छलफल भइरहेको  माओवादी अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले जानकारी दिए ।

‌ओली र दाहालबीच शुक्रबार पनि  छलफल भएको थियो । दुई नेताले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट ४३ पदका लागि एमाले २९ र माओ‌वादीलाई १४ उम्मेदवार उठाउन संयुक्त कार्यदलले गरेको प्रस्ताव अनुमोदन गरेका थिए ।

एमाले र माओवादीबीच नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारी भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत