ओली र दाहालबीच पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

६ माघ ०७४, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको छ ।

शनिवार ओली निवास बालकोटमा भएको छलफलमा आईतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति भएको हो । छलफलमा दुवै दलका अध्यक्षले आईतबार अपरान्ह ३ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाई पार्टी एकताको ठोस एजेन्डालाई अनुमोदन गर्ने सहमति गरेका हुन् ।

कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाएको छ । मुख्यमन्त्री र सभामुखबारे भने सहमति जुट्न बाँकी छ । माओवादीले दुई मुख्यमन्त्री पाउने देखिएको छ भने सभामुख ४ दाबी गरेको छ ।

कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्न दुबै अध्यक्ष सहमत छन् । भोलिको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने नेताहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत