फर्निचर व्यवसायी बलुको हत्यामा संलग्न दुई जना पक्राउ

७ माघ ०७४, काठमाडौं । फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र रुपन्देही प्रहरीको संयुक्त टोलीले बलुको हत्यामा संलग्न पदम चौधरी र महेन्द्र चौधरी पक्राउ परेका हुन् । पदम चौधरी हतियार र मोटरसाइकल व्यवस्थापक हुन् भने महेन्द्र चौधरी वैकल्पिक सुटर र पदमका सहयोगी भएको खुलेको छ ।

त्यस्तै दुईजनाको पक्राउपछि प्रहरीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्यामा एउटै ९ एमएमको इटालियन पेस्तोल प्रयोग भएको प्रहरीका एसपी श्याम ज्ञवालीले बताए । तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो भने उनका साथी एवं व्यवसायी बलुको २१ पुसमा हत्या भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उक्त पेस्तोल सार्वजनिक गरेको छ, जुन बलु हत्यामा संलग्न पदम चौधरीले नवलपरासीको सुनवलस्थित घर पछाडि गाडेको अवस्थामा भेटिएको थियो ।

चौधरीले बलु हत्यामा संलग्नहरुलाई हतियार र मोटरसाइकल व्यवस्थापनको काम गरेका थिए । यसका लागि उनले हत्याका योजनाकार मनोज पुनबाट हुण्डीमार्फत २ लाख ३० हजार रुपैयाँ लिएको खुलेको छ ।

घटनामा प्रयोग भएका मुख्य सुटर विवेक हुन्, जसकाे थर खुलेकाे छैन । उनी मनाेज पुनकाे नजिककाे व्यक्ति भएकाे प्रहरीले जनाएकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत