माओवादीबाट राष्ट्रियसभा उम्मेदवार चुन्ने जिम्मा शीर्ष तीन नेतालाई

८ माघ ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा उम्मेदवारहरु चयन गर्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

सोमबार प्रदेश इन्चार्जसहितको शीर्ष नेताको बैठकले राष्ट्रियसभामा पार्टीको भागमा परेको १४ जना उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिने निर्णय गरेको हो ।

अब शीर्ष तीन नेताले मंगलबार बैठक बसेर राष्ट्रियसभाको उम्मेदवार चयन गर्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको माओवादी केन्द्रले १४ सिट पाएको छ । वाम गठबन्धनले जित्ने अनुमान गरिएको ४३ सिटमध्ये नेकपा एमालेले २९ सिट पाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत