श्रम स्वीकृति घोटालाका ३३ जनाले पाए सफाइ

८ माघ ०७४, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने क्रममा भ्रष्टाचारको अभियोग लागेका ३३ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

सोमबार न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले अभियोगमा संलग्न सबैलाई सफाइ दिएको हो ।

श्रम स्वीकृति दिने क्रममा भ्रष्टाचार गरेको अभियोगमा वैदेशिक रोजगार विभागका तत्कालिन निर्देशक रामजीप्रसाद बरालसहित ३३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ असार ११  मा विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

उक्त घोटालामा बरालसहित विभागका ९ जना कर्मचारी र बाँकी विभिन्न मेनपावर कम्पनीका प्रतिनिधिविरुद्ध अभियोग लागेका सबैलाई लामो सुनुवाइपछि विशेष अदालतले सफाइ दिएको हो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत