३६ लाखसहित हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ

११  माघ ०७४, विराटनगर । हुन्डी कारोबारमा संलग्न चार जनालाई ३६ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार विराटनगर-११ स्थित कनैया गुप्ताको घरबाट  पक्राउ परेका चार जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विराटनगर महानगरपालिका ७ का १९ वर्षीय सुदर्शन साह, ११ का २४ वर्षीय निरन्जनकुमार साह, विराटनगर ६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर १७ का २८ वर्षीय साकिब आलम पक्राउ परेका हुन् ।

कनैयाको घरमा सन्तोषकुमार रौनियारले आफ्नै कोठामा कार्यालयजस्तो बनाई अबैधरुपमा हुन्डीको कारोबार गरेको प्रहरीको दाबी छ ।प्रहरीले छापा मारी उनीहरुको कार्यालयबाट ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ, भारतीय एयरटेल कम्पनीको सिम कार्ड र विभिन्न कागजात समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई सम्पत्ति शुद्धीकरण अन्तर्गत मुद्दा चलाइने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत