पर्वतारोहणकी अध्येता इजिलावेथको मृत्यु

१२ माघ ०७४,  काठमाडौं । ६ दशकदेखि नेपालको पर्वतारोहणका सम्बन्धमा अध्ययन र तथ्याङक संकलन गरेर सुरक्षित गर्दै आएकी अमेरिकी नागरिक इजिलावेथ हवलीको मृत्यु भएको छ ।

सन् १९६० देखि नेपालमा रहेर पत्रकारितासँगै नेपाल सरकारबाट आरोहण अनुमती लिएका अरोहीको तथ्याङक राख्ने एलिजाबेथको ९४ बर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंमा मृत्यु भएको हो ।

एलिजाबेथलाई  नेपाली पर्वतारोहण क्षेत्रकी बैंकको उपनापले पनि चिनिन्छ । उनले सगरमाथा, केटु, कन्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजार भन्दा अग्ला १६ हिमाल र चार हजार भन्दा बढी साना हिमाल आरोहण सम्बन्धीको तथ्याङक सुरक्षित गरेकी थिइन् ।

हिमालन डाटावेस संस्था नै स्थापना गरेर उनले विश्वभरका हिमालको आरोहण तथ्याङक  राख्दै आएकी थिइन् । विश्वका चर्चित र कीर्तिमानी आरोहीले आरोहण गरेका हिमालको वास्ताविक र महत्वपूर्ण तथ्याङक उनले व्यक्तिगत रुपमै अध्ययन गरेर राख्दै आएकी थिइन् ।

उनले आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइडको जानकारी, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए नभएको, मौषमको अवस्थालगायतका सम्पूर्ण जानकारीको रेकर्ड राख्ने गरेकी थिइन् ।

सरकारले हिमाल आरोहणको अनुमती दिने र सफल आरोहणको तथ्याङक राख्दै आए पनि एलिजाबेथले अनुमती प्राप्त सम्पूर्ण जानकारी राखेर सहयोग गर्दै आएको पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए । सन् १९६९ देखि चिनजान भएदेखि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणको तथ्याङक राखेको शेर्पाले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत