निर्वाचित माझी जनप्रतिनिधिहरूलाई सम्मान !

१३ माघ ०७४, ललितपुर । माझी राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेश सभा र स्थानीय तह निर्वाचनमा विजयी माझी जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुरेश आले मगरको विशेष उपस्थितिमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच विजयी माझी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रदेश नम्बर ३, सिन्धुली क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित बुद्धिमान माझी, मरीम गाँउपालिका उपाध्यक्ष संगीता माझी, बरथवा नगरपालिका उपाध्यक्ष सिता कुमारी माझी, महाभारत गाँउपालिका उपाध्यक्ष चेत कुमारी माझी, कार्यपालिका सदस्यहरु काजीमान माझी, श्री बहादुर माझी लगायत दुई दर्जन भन्दा बढी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुरेश आले मगरले जनजातिले उठाएका पहिचानको मुद्दालाई समयानुकूल जनताबाट अनुमोदन गरेर पूरा गर्नु पर्ने बताए ।

आले मगरले अहिलेको जनमतलाई लिएर राम्रो काम गर्दै बढ्ने हो भने समाजवादमा पुग्न सकिने बताए ।

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अशोक थापाले माझीहरूलाई निर्वाचित गरी यस स्थानसम्म ल्याई पु¥याउन माओवादी केन्द्रको विशेष भूमिका रहेको बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत