अभिभावकद्वारा सातदोबाटो प्रहरी वृत्त घेराउ

१४ माघ ०७४, काठमाडौं । अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी जोन तामाङ  नभेटिएपछि आक्रोशित अभिभावकहरुले  प्रहरी वृत्त सातदोबाटो घेराउ गरेका छन् ।

आइतबार आक्रोशित भिडले विहीबारदेखि बेपत्ता भएको तामाङको कि सार चाहियो कि लास चाहियो  भन्दै प्रहरी वृत्त घेराउ गरेका हुन् ।

तामाङ गत विहीबारदेखि हाइकिङ जादा फुलचौकीबाट दिउसो साढे ३ बजेदेखि हराइरहेका थिए । तामाङलाई खोज्न शनिवार डिएपी विनोद सिलवालको कमाण्डमा जनपथ प्रहरी, शशस्त्र प्रहरी, नेपाल आर्मी र अभिभावकसहितको ३ वटा कुकुरबाट डग सर्च गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओली, हाइकिङमा गएका विद्यार्थी र प्रत्यक्षदर्शीको भनाई फरक फरक आएपछि अभिभावकहरु अझ आक्रोशित भएका छन् । यसमा विद्यालयको गम्भिर दोष देखिएको अभिभावकहरु बताउँछन् ।

अभिभावक संघका पूर्व अध्यक्ष सुप्रवाह भण्डारीले विद्यालयको चरम लापरवाही देखिएकोले निजलाई कारवाही गर्नुपर्ने माग राख्दै भविष्यमा जोन जस्ता विद्यार्थी हराउनु नपरोस भनेर अभिभावक तथा शिक्षकहरु सचेत रहनु पर्ने बताए ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत