प्रदेश नम्बर २ बाट आठैजना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित

१५ माघ ०७४, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर २ बाट आठैजना  निर्विरोध निर्वाचित भएका छन् ।

९ जनाको उम्मेदवारी दर्ता भएकोमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहम्मद अख्तर हुसेनले उम्मेदवारी फिर्ता लिएपछि ८ जना निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल,  महिलातर्फ संघीय समाजवादी फोरमकी प्रमिला कुमारी, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव र माओवादी केन्द्रकी शशीकला दाहाल हुन भने दलिततर्फ संघीय समाजवादी फोरमका रामप्रित पासवान र अल्पसंख्यकतर्फ राजपाका बृखेशचन्द्र लाल हुन् ।

निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले ९ जनाको उम्मेदवारी दर्ता भएकोमा एक जनाले फिर्ता लिएपछि सबै जना निर्विरोध निर्वाचित भएको जानकारी गराए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत