अदुवा निकासीमा लगाएको प्रतिबन्ध हट्यो

२० माघ ०७४,  काठमाडौं ।  भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो ।

अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि एक महिनादेखि लोड भएर बसेका दर्जनौँ ट्रक काँकडभिट्टातर्फ लागेको व्यापारी कृष्ण पौडेलले जानकारी दिए।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत