राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन स्थानीय प्रमुख उपप्रमुखलाई कांग्रेसको निर्देशन

२० माघ ०७४,  काठमाडौं । नेपाली कांग्रेसले  प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख उपप्रमुखलाई जहाँ भएपनि माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ ।

कांग्रेसले स्वदेश तथा विदेश जहाँ भएपनि २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन निर्देशन दिएको  हो ।

साथै, पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत