प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

२१ माघ ०७४, काठमाडौं । प्रदेश नं. ७ को पहिलो एतिहासिक बैठक सम्पन्न भएको छ ।

प्रदेशसभाको बैठकले अन्तरिम कार्यसञ्चालन कार्यविधी पारित गरी सभामुखको निर्वाचनको लागी माघ २९ गतेको मिति तोकेको छ । त्यसका लागि आन्तरिक तयारी गर्न र सुचना प्रकाशन गर्न प्रदेश प्रमुखको कार्यालय सचिव मुरारी महतलाई निर्देशन दिइएको छ ।

आइतबारको पहिलो एतिहासिक बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य दिव्यश्वरी शाहले  बैठक सञ्चालनका क्रममा प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएकी थिइन् । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

बैठकमा  नेकपा एमालेबाट प्रकाश वहादुर शाह, नेपाली कांग्रेसबाट भरत बहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रिय जनता पार्टीबाट मालामती रानाले सम्बोधन गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत