प्रदेश २ कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव चयन

२२ माघ ०७४, काठमाडौं । प्रदेश नं. २ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सर्वसहमत चयन भएका छन् ।

सोमबार जनकपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई सर्वसहमत चयन गरेको हो । यादव धनुषाबाट निर्वाचित भएका थिए ।

प्रदेश २ मा कांग्रेसका १९ जना सांसद छन् । नेता चयन गर्न आइतबार राति जनकपुरमा कांग्रेस नेता विमलेन्द्र निधिले रात्री डिनरको आयोजना गरेका थिए । तर, दलका नेतामा सर्वसहमत हुन नसक्दा सोमबार बैठक बसेको थियो ।

यस अघि प्रदेश २ मा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको गरि सकेको छ । फोरमको आइतबार जनकपुरमा बसेको बैठकले उनलाई सर्वसम्मत नेता चयन गरेको हो । राउतलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

प्रदेश २ मा दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी(राजपा), नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलका नेता बनाउने तयरीमा छन् । राजपाले जितेन्द्र सोनल र नवलकिशोर साहमध्ये एकलाई नेता बनाउने चर्चा छ ।

एमालेमा संसदीय दलको नेताका लागि शत्रुधन महतो र सत्यनारायण मण्डल नेता बन्ने दाबी गरेका छन् । दई नेताबीच दलको नेता बन्नेबारे विवाद छ । माओवादी केन्द्रले भरत साहलाई दलको नेता बनाउने करिब टुंगो लगाएको छ । माओवादी केन्द्रको नेता चयन गर्न बैठक बस्न सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत