एभरेष्ट होटलका सञ्चालक मस्कुर पक्राउ

२५ माघ ०७४, काठमाडौं  । महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई  पक्राउ गरेको छ ।

बिहीबार अहमद लारीलाई उनको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । लारीले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सल भित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागुऔषध भेटिएपछि उनी फरार थिए ।

लारी नेपाल प्रहरीको मस्ट वान्टेड सूचीमा थिए । उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्व सम्बन्धी मुद्दा जितेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत