गुल्मी सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी

२६ माघ ०७४, गुल्मी । मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

बिहीबार गुल्मीको मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै त्रसित बनेका छन् ।

आगलागी भएको स्थानदेखि केही तल सिँगो गाउँ रहेका कारणआगो तलतल सर्ने क्रम शुरु भएपछि स्थानीयबासी रातभर आगो निभाउने प्रयासमा लागेका थिए । आगलागी भएको वन क्षेत्र नजिकै रहेका ५० भन्दा बढी घरगोठ उच्च जोखिममा रहेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए ।

आगो निभाउनका लागि नेपाली सेना, प्रहरी र स्थानीयवासीको ठूलो संख्यामा जमघट भएको छ । जंगल नजिकै रहेका खरबारीमा खर नकाटेको र अप्ठ्यारो भिर भएका कारण आगो नियन्त्रणमा लिन समस्या परेको हो ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत