धनुषाबाट लागुऔषधसहित एकजना पक्राउ

२८ माघ ०७४, धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले अबैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार क्राइम ब्रान्चको टोलीले जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका-४ भैरव चोकस्थित सहोदर यादवलाई गाँजासहित पक्राउ गरेको हो ।

यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी पाँच किलोग्राम गाँजा बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई आजै जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत