ओली र प्रचण्डबीच नेतृत्वको मोडालिटीबारे छलफल

२९ माघ ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा वान टु वान’ वार्ता भएको हो ।

वार्तामा के भयो भन्ने दुवै पक्षले नखुलाए पनि नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’को सन्देश दिने प्रयास भइरहेको छ ।

स्रोतका अनुसार दुई दलका शीर्ष दुई नेताबीच भएको संवादमा नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत