प्रदेश ३ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

२९ माघ ०७४, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् ।

जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री र स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

जम्मरकट्टेल र स्थापितलाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

आन्तरिक मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि जम्मरकट्टेल सरकारमा सहभागी भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत