प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

२ फागुन ०७४, काठमाडौं । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नियुक्ति पत्र प्रदान गरिएको थियो ।

मुख्य मन्त्रीमा नियुक्त भएपछि राउतले मधेसी सहिदको सपना ‘मधेस सरकार’ बनाउने सकार भएको बताए ।

कायस्थले मन्त्रिपिरषद विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । यो सँगै मन्त्रिपरिषदको लागि बाटो खुलेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत