छ्याक्सामा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

४ फागुन ०७४, सिन्धुपाल्चोक । कोदारी राजमार्गअन्तर्गतको बोर्डरल्यान्ड छ्याक्सामा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

शुक्रबार सीमाक्षेत्रबाट बाह्रबिसेतर्फ आइरहेको बा ४ ख २८१२ नम्बरको ट्रक बोर्डरल्यान्ड छ्याक्सामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका हुन् ।

मृत्यु हुनेमा बाह्रबिसे नगर मानेश्वारा खरिबोटे माझीगाउँका चालक शेखर अधिकारी, सुब्बा अधिकारी, कमल अधिकारी र कमल माझी छन् । चारजनाको घटनास्थलमै मृत्यु भएको र सहचालक बाह्रबिसे नपा टाडबिसौनाका सुवास तिमल्सिना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पञ्चकुमार बाखुले  झण्डै ५० मिटर तल भोटेकोसीमा खसेर ध्वस्त भएको ट्रकभित्र तिमल्सिनाको मोबाइल भेटिएको तर उनको कुनै खबर नभएकोले घटनाबारे थप अनुसन्धान गरिरहेका बताए ।

स्थानीयका अनुसार सडक दुरावस्थाको कारणले गाडी दुर्घटना भएको बताए । स्थानीयले पहेँलो रङको ट्रक खसेलगत्तै ठूलो आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत