प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

५ फागुन ०७४, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान  प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा  भेटवार्तामा भएको हो । भेटवार्तामा  पार्टी एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको छ ।

भेटवार्तापछि अध्यक्ष प्रचण्डले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने- ‘पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए ।

आइतबार बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्षबीच छलफल भएको अधिकारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत